Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, साढे दश अर्ब नाघ्यो कारोबार

उच्च अंकले बढ्यो शेयर बजार, साढे दश अर्ब नाघ्यो कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६१.२६ अंकले बढेर २६७२. ७० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा माई हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज न्यादी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार