Below Menu
Below Menu

रुपेश जैसवालले उचाले सहकारी चेस उपाधि

रुपेश जैसवालले उचाले सहकारी चेस उपाधि

काठमाडौं : प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्‍यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् ।

रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्सको प्रस्तुतीमा भएको प्रतियोगिताको विजेताल १० लाख बराबरको आवधिक जीवन बिमा तथा नगद४० हजार रुपैयाँ ट्रफि, गोल्ड मेडल जिते । उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, महासंघका अध्यक्ष ओमदेवी मल्ल, प्रभु महालक्ष्मी जीवन विमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा दुई दिन सम्पन्न स्पर्धामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोश्रो स्थानमा रहन सफल भएका छन् । क्षितिजले ७ लाख बराबरको आवधिक बिमा सहित नगद पुरस्कार रु. २५ हजार, शिल्भर मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यस्तै अन्य आठ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दशौं स्थान ओगटेका छन्। जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन्। सिएम पुरुषोत्तम सिलवालले ५ लाख बराबरको जीवन बिमा र नगद पुरस्कार रु. १५ हजार ब्रञ्ज मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ को अवसरमा आयोजित प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष् फूँयाल, भारतका आशुतोष कुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि दशौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी महिला विधा तर्फ ५.५ अंकमा शान्ति धिमालले उत्कृष्ट बन्दै प्रथम पुरस्कार नगद रु. ७ हजार प्राप्त गरेकी छिन्। यस्तै ५ अंक जोडेकी बिनिता कपालीले दोश्रो बन्दै नगद रु. ६ हजार र सिन्दिरा जोशीले तृतीय हुँदै नगद रु. ५ हजार प्राप्त गरेकी छिन्। 

क्रमशः उत्कृष्ट नव प्रवेश खेलाडी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङ मुनि सुरज सिंह, १६ सय मुनि उज्वल दहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ हार्दिक पन्त, उत्कृष्ट बिमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार जिते ।

कार्यक्रममा भेट्रान चेस खेलाडी सिताराम अग्रवाल, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, भिजुअल इडिटर मुक्ति श्रेष्ठ, फोटोग्राफर देवु राजवंशीलाई सम्मान प्रदान गरिएको थियो । 

समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्रीमती ओमदेवी मल्ल, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव विष्णु घिमिरे, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महाप्रबन्धक सुरेश थापाको उपस्थिति रहेको थियो ।

Advertisment

थप समाचार