Below Menu
Below Menu

एनएलजी इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

एनएलजी इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । बैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ का दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशतका दरले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तवित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार