Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, सवा १० अर्बमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, सवा १० अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५३ घटेर २६५०.११ बिन्दुमा बन्द भएको छ । बिहिबार नेप्से १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिन्धु विकास बैंकको शेयरमूल्य ७ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार