काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम प्रष्ट रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको बताए ।
साथै सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख रहेको बताए । ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्’, ओलीले भने ।
Advertisment