Below Menu
Below Menu

६३६.३७ बिन्दुले नेप्से परिसूचक बढ्दा १० खर्ब १३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति ! 

६३६.३७ बिन्दुले नेप्से परिसूचक बढ्दा १० खर्ब १३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति ! 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६३६.३७ बिन्दुले बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार २०८० चैत मसान्तमा २०२५.७१ रहेको नेप्सेसूचकाङ्क २०८१ चैत मसान्तमा २६६२.०८ कायम भएको छ ।

चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब ४० करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा बजार पुँजीकरण ३२ अर्ब १२ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।

चालु आवकाे यस अवधिमा आइपुग्दा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । गत वर्ष सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।

चैत मसान्तमा नेप्सेमा सूचीकृत ८ अर्ब ७२ करोड शेयरको चुक्ता मूल्य ८५९ अर्ब ४५ करोड रहेको छ । 

चालु आवको नौ महिनामा रु.१९ अर्ब ७७ करोड बराबरको बोनस शेयर, रु.१५ अर्ब ४१ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको म्युचुअल फण्ड, रु.१० अर्ब ३७ करोड बराबरको हकप्रद शेयर, रु.४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब ७९ करोड बराबरको साधारण शेयर गरी कुल रु.२८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment

थप समाचार