काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो ।
कम्पनीको सञ्चालन आम्दानी ३०.०२ प्रतिशत बढेको छ। त्यस्तै कुल नाफा १२.५८ प्रतिशत र कुल आम्दानी ७.४७ प्रतिशत घटेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १०.४७ प्रतिशत घटेको छ।
नाफा बढेसँगै प्रतिशेयर आम्दानी २२ पैसा बढेर ४ रुपैयाँ २८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७७.२४ गुणा रहेको छ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ८७ लाख ८४ हजार रुपैयाँ ऋणात्मक छ।
Advertisment