Below Menu
Below Menu

रोकिएन नेप्सेको गिरावट, परिसूचकसँगै खुम्चियो कारोबार 

रोकिएन नेप्सेको गिरावट, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.२४ अंकले घटेर २६३४.८६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ११.५३ घटेर २६५०.११ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ९ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १० अर्ब २० करोड २७ लाख बराबरको कारोबार भएको थियो । 

आज युनिभर्सल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार