काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १३.८४ अंकले घटेर २६२०.३९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १४.२४ अंकले घटेर २६३४.८६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment