Below Menu
Below Menu

सहकारीले तिरेन युवा स्वरोजगार कोषको १ अर्ब २२ करोड

सहकारीले तिरेन युवा स्वरोजगार कोषको १ अर्ब २२ करोड

काठमाडौं : युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लगेका १ हजार २३९ सहकारीले कर्जा नतिरेको पाइएको छ ।

कोषको विवरणअनुसार १ हजार २३९ सहकारी संस्थाबाट २०८१ आषाढ मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना ३ करोड ८८ हजार गरी कुल १ अर्ब २२ करोड ६७ लाख ९८ हजार नतिरेको उल्लेख छ । 

महालेखापरीक्षकको ६२ औं प्रतिवेन अनुसार उक्त रकम तत्काल असुल गर्न भनेको छ । 

त्यसैगरी १५ बैङ्क तथा वित्तीय संस्थाबाट लिनुपर्ने सावाँ ३१ करोड ५३ लाख ३३ हजार बाँकी रहेकोमा ब्याज तथा हर्जानाको गणना गरी अभिलेख नराखेको प्रतिवेदनमा औल्याईएको छ । सम्झौताअनुसार हिसाब यकिन गरी साँवा, व्याज तथा हर्जाना रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Advertisment

थप समाचार