Below Menu

लाईफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा, बोनस र नगद कति  ? 

लाईफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा, बोनस र नगद कति  ? 

काठमाडौं : लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (नेपाल) एलआईसीले लाभांश घोषणा गरेको छ । बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

थप समाचार