Below Menu
Below Menu

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा फसेको रकम माग दाबी गर्न आग्रह

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा फसेको रकम माग दाबी गर्न आग्रह

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

कार्यालयले आज (जेठ ४ गते) सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनलाईन मागदावी आवेदनमार्फत सप्रमाण दावी पेश गर्न सम्बन्धित सरोकारवालाहरुको नाममा सूचना जारी गरेको हो । 

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८१/१२/१९ को निर्णयानुसार संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयाँ बजार काठमाडौं पाँच संस्थाहरु (तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था. आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था) एकीकरण गरेर बनेको थियो ।

Advertisment

थप समाचार