Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब ३१ करोडको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब ३१ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ५३ अंकले बढेर २६८१.३६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २२.९९ अंकले बढेर २६३२.०५बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा अधिकांश विकास बैंकहरु रहेका छन् । आज कारोबारमा आएका सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै आज ग्रीन डेभलपमेन्ट बैंक र ओम मेगा श्री फर्मास्युटिकल्सको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको छ । आज बाराही हाइड्रोपावर कम्पनीको  वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार