४२ प्रतिशत हकप्रद जारी गर्न एसियन लाइफ इस्योरेन्सले तोक्यो बुक क्लोजको मिति 

४२ प्रतिशत हकप्रद जारी गर्न एसियन लाइफ इस्योरेन्सले तोक्यो बुक क्लोजको मिति 

काठमाडौं : एसियन लाइफ इस्योरेन्सले ४२ प्रतिशत हकप्रद निष्कासन गर्न बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले १ः०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जस अनुसार जेठ १५ गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ दशमलवव ४८ कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो ।

हकप्रद निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ बढी पुग्नेछ ।


 

थप समाचार