Below Menu
Below Menu

टिकेन नेप्सेको उत्साहः परिसूचक झिनो अंकले घट्यो, कारोबार साढे १० अर्ब नाघ्यो 

टिकेन नेप्सेको उत्साहः परिसूचक झिनो अंकले घट्यो, कारोबार साढे १० अर्ब नाघ्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.९३ अंकले घटेर २६७०.५१ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि देखिएको छ । आज बजारमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्सको कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बाराही हाइड्रोपावर कम्पनीको वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार