Below Menu
Below Menu

दश महिनामा भित्रिए ९८ सय ५० युनिट इभि गाडी, ५२ प्रतिशतले बढ्यो राजस्व 

दश महिनामा भित्रिए ९८ सय ५० युनिट इभि गाडी, ५२ प्रतिशतले बढ्यो राजस्व 

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्षको दश महिनामा मात्रै नौं हजार बढी इभि गाडी आयात भएका छन् ।

भन्सार विभाग तथ्यांकअनुसार बैशाख मसान्तसम्म नौ हजार ८५० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । यस अवधिमा सरकारले २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात गरेको हो ।

उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा १५.९२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले २१ अर्ब ८ करोड ८० लाख तीन हजार रुपैयाँ बराबरको आठ हजार ४९७ युनिट विद्युतीय गाडी आयात गरेको थियो । 

गत चैतको तुलनामा भने बैशाखमा एक हजार ८९२ वटा गाडी बढी आया भएका छन् । गत चैत मसान्तसम्म १८ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ बराबरको सात हजार ९५८ गाडी आयात भएका थिए । 

विद्युतीय गाडीको आयातसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ । गत वर्षको सोही अवधिमा इभि गाडीको आयातबाट नौ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने यस वर्ष आयातित गाडीबाट १४ अर्ब २४ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन ५२.१४ प्रतिशतले बढी हो । 

नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका  विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा १३ अर्ब ८७ करोड १४ लाख मूल्यका पाँच हजार ५३४ युनिट गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

बैशाख मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका पाँच अर्ब ९८ करोड तीन लाख मूल्य बराबरका तीन हजार ३६९ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका तीन अर्ब १० करोड ५३ लाख रुपैयाँ बराबरको ९२७ युनिट गाडी आयात भएका छन् । 

विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका १३ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ बराबरका १८ युनिट गाडी आयात भएका छन् भने ३०० किलोवाटमाथिका ८३ लाख २३ हजार रुपैयाँ बराबरको दुई युनिट गाडी आयात भएका छन् ।

Advertisment

थप समाचार