Below Menu
Below Menu

एभरेष्ट कलरको जारी पुँजी बढ्यो, सर्वसाधारणलाई सात लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलरको जारी पुँजी बढ्यो, सर्वसाधारणलाई सात लाख ९० हजार कित्ता आईपीओ जारी हुने

काठमाडौं : एभरेष्ट कलर लिमिटेडको बिशेष बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

कौशलटार, भक्तपुर स्थित केन्द्रिय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पुँजी वृद्धि गरी ३० करोड रुपैयाँ र सो पुँजीको २६.३३ प्रतिशत (७ लाख ९० हजार कित्ता) शेयर १०० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

यस अघिको बार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

बुधबार सम्पन्न विशेष साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी बृद्धि गर्ने निर्णय गरेको हो । त्यसै गरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महत्तोलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समीतीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले संचालक समीतीले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

न्य कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनिलाई केयर रेटींङ्गस नेपाल लिमिटेडले डबल बी माईनस रेटींङ्ग प्रदान गरेको छ ।
 

Advertisment

थप समाचार