Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, नौ अर्ब ८२ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, नौ अर्ब ८२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ६.९३ अंकले घटेर २६७०.५१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा नौं अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६९ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्सको कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बाराही हाइड्रोपावर कम्पनीको वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार