काठमाडौं : दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण समयमै नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका कृष्ण अर्याल पक्राउ परेका छन्।
अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको छ ।
ऋण तिर्न अटेर गरेपछि सहकारी संस्थाले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला केही समय अघि गरेको थियो।
अदालतको फैसलापछि पनि संस्थाले रकम भुक्तानी गर्न आग्रह गरेको थियो। संस्थाले पटक पटक आग्रह गर्दा पनि अर्यालले अटेर गरेपछि बाध्य भएर अदालतको फैसला कार्यान्वय गराउन पर्ने अवस्थामा पुगेको संस्थाले जनाएको छ ।
अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याल एमाले पर्यटन विभाग सदस्य समेत हुन्।
Advertisment