Below Menu
Below Menu

सांग्रिला मोटर्सले सञ्चालनमा ल्याओ मल्टी ब्राण्ड शोरूम

सांग्रिला मोटर्सले सञ्चालनमा ल्याओ मल्टी ब्राण्ड शोरूम

काठमाडौं : दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उ‌द्घाटन गरेको छ। यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रालिद्वारा सञ्चालन हुनेछ।

काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरु-सिट्रोएन, लिप मोटर र प्यूज़ोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्नेछ।

नयाँ डिलरशिपको औपचारिक उ‌द्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरेका हुन्।

उदघाटन समारोहमा शैलेश हजेलाले भने, "नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो। हामी साइ‌ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरुलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिदध प्रविधि र ब्राण्डहरु नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।"

हेमन्त गोल्छाले भने," यस अवसरमा, यो नयाँ शोरुम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो। सिट्रोएन, लिपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरुका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं। यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउने ।"

Advertisment

थप समाचार