काठमाडौं : राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धिताल अध्यक्ष रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लि., बाँके समस्यामा परेको छ । संस्थाले नेफ्स्कूनबाट लिएको ऋण लामो समयसम्म पनि तिर्न सकेको छैन ।
बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि नेफ्स्कूनले धितो सुरक्षण वापत राखेको जग्गा लिलामीको सूचना निकालेको छ । नेफ्स्कूनले आज नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा धितो लिलामीको ३५ दिने सूचना प्रकाशित गरेको हो ।
संस्थाले धितो सुरक्षण वापत राखेको सविना बानो कवडियाको नाममा मालपोत कार्यालय नेपालगञ्ज, बाँकेमा दर्ता श्रेता कायम रहेको जग्गा नेफ्स्कूनले लिलामी गर्न लागेको हो ।
नेफ्स्कूनले धन जमानी दिने तत्कालित सञ्चालकहरु र हालको सञ्चालकको तीन पुस्ते विवरण समेत प्रकाशित गरेको छ । संस्थाले नेफ्स्कूनबाट ऋण लिँदा अध्यक्ष लक्ष्मीनाथ पौडेल, उपाध्यक्ष शुसिला पोख्रेल, सचिव अरुण थापा र कोषाध्यक्ष चन्द्रकान्त आचार्य थिए ।
हाल भने संस्थाको अध्यक्ष विजया धिताल छिन् । धिताल राष्ट्रिय सहकारी बैंककी सञ्चालक हुन् । उनी सोही संस्थाबाट प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेकी हुन् । संस्थाको उपाध्यक्ष हिरादेवी खराल, सचिव उषा थापा भण्डारी र कोषाध्यक्ष कमला कुमारी डांगी छन् । त्यस्तै सदस्यहरुमा शोभा वि.सी., दिपा कुमारी विनाडी र रेनुका खड्का छन् ।

Advertisment