Below Menu
Below Menu

सहकारी मापदण्ड: कार्यकारी प्रमुखको योग्यता तोकियो, राजनैतिक दलको सदस्य हुन नपाईने

सहकारी मापदण्ड: कार्यकारी प्रमुखको योग्यता तोकियो, राजनैतिक दलको सदस्य हुन नपाईने

काठमाडौं : सहकारी संस्थाको कार्यकारी प्रमुख (प्रमुख कार्यकारी अधिकृत/प्रबन्धक/व्यवस्थापक) कुनै पनि राजनैतिक दलमा आवद्ध हुन नपाईने भएको छ ।

सहकारी नियमन प्राधिकरणले आज (शुक्रबार) जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ मा सहकारी संस्थाको कार्यकारी प्रमुखलाई दलको सदस्य बन्न रोक लगाएको हो । 

मापदण्डले कार्यकारी प्रमुखको योग्यता समेत तोकेको छ । २१ वर्ष उमेर पुरा भएको, स्नातक तह उर्तिण हुनुपर्ने, बढीमा दुई कार्यकाल, अन्य सहकारीमा संलग्न नभएको हुनुपर्ने, कालोसूचिमा नपरेको वा फुकुवा भएको तीन वर्ष पूरा भएको, फौजदारी अभियोगमा कारबाही नभएको, सञ्चालकको एकाघर परिवारको व्यक्ति नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।
 

Advertisment

थप समाचार