Below Menu
Below Menu

सिद्वान्त बाहिर गएर चलेका सहकारी एक न एक दिन समस्यामा पर्छन्: मुख्यमन्त्री कार्की

व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन

सिद्वान्त बाहिर गएर चलेका सहकारी एक न एक दिन समस्यामा पर्छन्:  मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही गर्ने पीडितलाई न्याय दिने प्रतिवद्धता जनाए । कोशी प्रदेशको समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको सहकारी ऐन र कानुन कार्यान्वयनका चुनौती विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न समेत निर्देशन दिएका छन्।

मुख्यमन्त्री कार्कीले तथ्य र प्रमाणमा आधारित रहेर पीडितलाई न्याय दिने खालको काम गर्नुपर्नेमा जोड दिँदै सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार रहेको बताए। ‘सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् । थोरै–थोरै बचत गरेर धेरै बनाउँला भन्ने आम सर्वसाधारण अहिले सडकमा छन्। तिनलाई न्याय दिन सरकार प्रतिबद्ध छ’, मुख्यमन्त्रीले भने ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीलाई सदस्यहरूले नै नियमन गर्न नसकेको बताए। ‘सहकारीले बाहिरको कम्पनी खडा गरेर व्यवसाय गर्न सुरु गर्दादेखि नै सदस्यले खबरदारी गर्नुपर्ने थियो,’ उनले भने, ‘त्यसमा सदस्यहरू चुकेका छन्।’ आफ्नो सहकारी गैरकानुनी बाटोमा हिँडिरहेको छ कि छैन भन्ने कुरामा सदस्यहरू नै सचेत बन्नुपर्ने मगरको भनाइ छ। उनले समितिलाई काम गर्न सहज बनाउनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहरका सहकारीमा बढी समस्या देखिएकाले सहकारीप्रति धेरै वितृष्णा बढेको बताए। हाङगामले नीतिगत तथा कानुनी व्यवस्था गरेर समितिलाई काम गर्ने वातावरण बनाउन आफू तयार रहेको बताए। 

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नेपालमा सहकारीको इतिहास छोटो रहेकाले पनि सिक्दै अघि बढ्ने कुरामा केही समस्या आएको बताए। सहकारीमा देखिएका समस्याको समाधान खोज्दै समृद्धिको बाटोतर्फ अघि बढ्ने प्रतिबद्धता उनले जनाएका छन्। 

Advertisment