Below Menu
Below Menu

शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा नौं अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्सको कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिन्धु विकास बैंकको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार