Below Menu
Below Menu

सहकारीको पुँजी विचलित गर्ने उद्देश्यले ल्याईएको मापदण्ड परिमार्जन गर्न नेफ्स्कूनको माग

सहकारीको पुँजी विचलित गर्ने उद्देश्यले ल्याईएको मापदण्ड परिमार्जन गर्न नेफ्स्कूनको माग

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ मा नेफ्स्कूनले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल परिमार्जन गर्न माग गरेको छ ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शि र प्रभावकारी बनाउन जेठ ९ गते शुक्रबार मापदण्ड जारी गरेको थियो ।

नेफ्स्कूनले आज प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ऐन २०७४ र नियमावली २०७५ का व्यवस्था मार्फत संघ/संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी भएको मापदण्ड तत्काल परिमार्जन गरी जारी गर्न माग गरेको हो ।

नेफ्स्कूनले जारी विज्ञप्तिमा भनिएको छ, ‘बचत तथा ऋण सहकारीको विश्वव्यापी मूल्य, मान्यता, सिद्धान्त र अन्तराष्ट्रिय अभ्यासको प्रतिकुल हुने गरी बचत तथा ऋण सहकारी अभियानको नेतृत्वदायी संघहरुमा प्रारम्भिक संस्थाहरुले राखेको तरलतालाई निर्देशन एवम् मापदण्ड मार्फत गणनालाई समयसीमा तोकी गणना हुने व्यवस्थाका साथ न्यूनिकरण गर्न जारी गरेको निर्देशन र प्रारम्भिक संस्थाहरुको बृद्धि र विकासलाई संकुचन हुने गरी जारी गरेको मापदण्डहरु समेतले समग्र अभियानलाई धरासायी बनाउने र बचत तथा ऋण सहकारीले आफ्नो तरलता एवम् बचत र ऋणको कारोबार आफ्नै संघहरु मार्फत परिचालन गर्ने पद्धतीलाई कमजोर बनाई सहकारीको पुँजी विचलित गराउने कार्यमा प्रसय गरेको देखिन्छ। सहकारी ऐन २०७४ र नियमावली २०७५ का व्यवस्थामार्फत संघ/संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी भएको मापदण्ड तत्काल परिमार्जन गरी जारी गर्न जोडदार माग गर्दछ। केन्द्रीय संघ, बचत तथा ऋण सहकारी अभियानलाई भद्र अवज्ञा गरी दवाव सृजना गर्न सार्वजनिक आव्हान गर्ने साथै सम्पूर्ण संघ संस्थालाई विचलित नभई संयमित भई अभियानमा ऐक्यवद्धता कायम गर्दै नियमित कारोबारलाई सुचारु गर्न समेत अनुरोध गर्दछौं ।’

परिस्थीतिको गाम्भीर्यतालाई समग्र बचत तथा ऋण सहकारी अभियानको साझा धारणाका साथ आगामी कार्यक्रमहरु सार्वजनिक गरिने समेत नेफ्स्कूनले जनाएको छ ।

Advertisment