काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत गरेको हो।
नेप्सेका अनुसार कम्पनीको सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६४ लाख कित्ता शेयर गरी कुल ८० लाख कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६.४५ रुपैयाँदेखि २८९.३५ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज तोकेको छ । सोही रेञ्जका आधारमा आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। कम्पनीको नेप्से सिम्बोल पीयुआरई रहेको छ।
Advertisment