Below Menu
Below Menu

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई सदस्य नियुक्त

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई सदस्य नियुक्त

हेटौंडा : बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका-११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका-१, की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

समितिमा विज्ञताका आधारमा एकजना चार्टर्ड एकाउन्टेन्टको नियुक्ति बाँकी छ।

यसअघि २२ पुस ०८० मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२ (१) अनुसार समितिको गठन गरी अध्यक्ष तीन सदस्य नियुक्त गरेको थियो । समितिको अध्यक्षमा प्रभात अधिकारी छन् ।
 

Advertisment