काठमाडौं : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले बजेटमार्फत सरकारले आफ्नो सुझाव मानेको बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले बजेटमा सवारी कर वृद्धि नगर्न आफुहरुले दिएको सुझाव सरकारले मानेको बतासेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो । नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ।’
खासगरी बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौदेखिको माग र आवाजलाई समेटेको नाडाको भनाइ छ । ‘यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन, यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले बजेटमार्फत आफुहरुको माग सम्बोधन गरेको भन्दै नाडाले सरकारलाई आभार समेत व्यक्त गरेको छ ।
Advertisment