काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से २.७७ अंकले बढेर २६९५.८४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १६.५५ अंकले बढेर २६९२.१८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३३ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौं अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्स र पियोर इनर्जी कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
Advertisment