काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ३५.०७ अंकले घटेर २६५९.५९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.७७ अंकले बढेर २६९५.८४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा नौं अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६० करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्स र पियोर इनर्जी कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।
Advertisment