काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले नेष्डो समृद्ध लघुवित्त र शिखर इन्स्योरेन्सको ३० लाख ४४ हजार ८९३ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको ३ लाख ६३ हजार ३७५ कित्ता शेयर सूचीकृत भएको हो ।
त्यस्तै शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनसपछिको २६ लाख ८१ हजार ५१८ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment