Below Menu
Below Menu

नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भोली अर्थात जेठ २२ गते बुकक्लोज गर्दैछ 

जसअनुसार आजसम्म कायम शेयरधनीहरुले दुई कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन्। एनएलजी इन्स्योरेन्सले जेठ २९ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते, बिहीबार, ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताहरुबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार