काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२.०६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३५.०७ अंकले घटेर २६५९.५९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज अरुण काबेली पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्स र पियोर इनर्जी कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
Advertisment