Below Menu
Below Menu

आईपीओ जारी गर्दै नर्थ समिट हाइड्रो, बिक्री प्रबन्धकमा माछापुच्छ्र्रे क्यापिटल नियुक्त 

आईपीओ जारी गर्दै नर्थ समिट हाइड्रो, बिक्री प्रबन्धकमा माछापुच्छ्र्रे क्यापिटल नियुक्त 

काठमाडौं : नर्थ समिट हाइड्रो लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो । 

आईपीओ जारी गर्न माछापुच्छ्र्रे क्यापिटल र नर्थ समिट हाइड्रोबिच शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ करोड ४० लाख रुपैयाँ बराबरको कुल ३८ लाख ४० हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

Advertisment