काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.५६ अंकले घटेर २६३२.४० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५.९९ अंकले घटेर २६४०.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ९७ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७२ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिभर फल्स पावर र पियोर इनर्जी कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज ओम मेगा श्री फर्मास्युटिकल्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment