वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन: पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन: पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

काठमाडौं : वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आवको १० महिनामा पाँच थरीका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६.२६ प्रतिशत रहेको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए ।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १०.९३  प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने ५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपूर्जा आयातबाट भने ४ अर्ब ५५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपूर्जा आयातबाट ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने २ अर्ब ८७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

त्यस्तै सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने २ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट भने २ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

थप समाचार