Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब ६८ करोडमाथिको कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब ६८ करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ८.५६ अंकले घटेर २६३२.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, विन्ध्यावासिनी हाइड्रोपावर र दोल्ती पावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment