Below Menu
Below Menu

स्वर्णलक्ष्मी सहकारीलाई समस्याग्रस्त घोषणा गर्न पीडितहरुको माग

स्वर्णलक्ष्मी सहकारीलाई समस्याग्रस्त घोषणा गर्न पीडितहरुको माग

काठमाडौं : काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित सदस्यहरु बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका छन् ।

बचतकर्ताहरूले सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका हुन् । उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै पुनः हेटौंडा पुगेका हुन् ।

१३ हजारभन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग छ ।

सहकारी तथा गरिबी मन्त्रालयले भने पीडितहरूको मागका आधारमा नै प्रहरी अनुसन्धान अघि बढेको जनाएको छ । मुद्दा हाल अदालतमा रहेकाले समस्याग्रस्त घोषणा गर्न मिल्ने–नमिल्नेबारे विज्ञहरूसँग आवश्यक छलफलपछि मात्रै भन्न सकिले मन्त्रालयले जनाएको छ ।

 बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारी मध्ये जेठ २५ गतेसम्म ३ सय ५१ वटा सहकारी विरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ । बागमती प्रदेशमा हाल ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् ।

Advertisment