काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १० अर्ब १६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारनेप्सेमा आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज रावा इन्नर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment