Below Menu
Below Menu

नाईमा नेपाल मोबिलिटी एक्पो २०२५ को स्टल बाँडफाँट कार्यक्रम सम्पन्न 

नाईमा नेपाल मोबिलिटी एक्पो २०२५ को स्टल बाँडफाँट कार्यक्रम सम्पन्न 

काठमाडौं : नेपाल अटो मोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाईमा) ले नेपाल मोबिलिटी एक्पो २०२५ को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम संस्थाको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न गरेको छ ।

उक्त प्रदर्शनी २०८२ साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । उक्त कार्यक्रममा चार पांग्रे, दुई पांग्रे र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई, र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको नाईमाले जनाएको हो ।

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त हर्षित र उत्साहित छौं। सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौं’, अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।

नाईमाले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुरÞ्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्दै आएको छ । 

नाईमा नेपाल मोबिलिटी एक्पो २०२५ को परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नविनता थप्ने जनाईको छ । उक्त प्रदर्शनले बजारमा धेरै उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउने नाईमाले जनाएको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ ।

एक्स्पोमा सहभागी हुने चार पाङग्रे ब्राण्डहरुमा BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr रहेका छन् ।

त्यस्तै दुई पाङग्रे सवारी ब्रान्डहरूमा Ampear, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho रहेका छन् ।

अन्य सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरूमा Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong रहेका छन् ।

Advertisment

थप समाचार