काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा नौं अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १० अर्ब १६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६१ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बुटवल पावर कम्पनी, पियोर इनर्जी र र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment