काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१३ अंकले घटेर २६५७.५२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सानिमा माइ हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८९ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङदी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment