Below Menu
Below Menu

आईपीओ जारी गर्न माबिलुङ इनर्जीलाई बोर्डको अनुमति 

आईपीओ जारी गर्न माबिलुङ इनर्जीलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले असार १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। बोर्डको अनुमति पाएसँगै कम्पनीले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर आयोजना प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।


 

Advertisment

थप समाचार