Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, सात अर्ब ६५ करोडमा समेटियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, सात अर्ब ६५ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.५९ अंकले घटेर २६५६.०६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.८० अंकले बढेर २६५८.६६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा माइ हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा पियोर इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । 

Advertisment

थप समाचार