Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, नौ अर्ब आठ करोडको कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, नौ अर्ब आठ करोडको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.२८ अंकले घटेर २६५३.४७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५९ अंकले घटेर २६५६.०६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा नौं अर्ब आठ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा माइ हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा पियोर इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कर्पोरेट डेभलपेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार