Below Menu
Below Menu

मितेरी सहकारी प्रकरण: कम्बोडियामा पक्राउ परेका भण्डारीलाई काठमाडौं ल्याइयो

मितेरी सहकारी प्रकरण: कम्बोडियामा पक्राउ परेका भण्डारीलाई काठमाडौं ल्याइयो

काठमाडौं : ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको करोडौं रकम ठगीको घटनामा फरार आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । भण्डारीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर सिंगापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुरहुँदै बुधबार राति काठमाडौं ल्याइएको हो ।

सहकारीको करिब १४ करोड रुपैयाँ अपचलनमा संलग्न रहेको आरोपमा भण्डारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

संस्थाकी महाप्रबन्धक ज्योति गुरुङबाट सहकारीको रकम सापटी लिएको र पछिल्लो पटक करिब साढे ३ करोड रुपैयाँ सापटी लिएपछि उनी सम्पर्कविहीन बनेको अनुसन्धानबाट खुलेको थियो । सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान अघि बढेपछि ज्योति गुरुङ र भण्डारी दुवै फरार भएका थिए ।

Advertisment