काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५९ अंकले घटेर २६२९.०८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.२८ अंकले घटेर २६५३.४७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा नौं अर्ब आठ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पञ्चकन्या माई हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पियोर इनर्जी र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment