Below Menu
Below Menu

नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित  

नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित  

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक बिहिबार सम्पन्न भएको छ । 

३७ औं वार्षिक साधारण सभाले आव २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँको १० प्रतिशतका दरले नगद लाभांश ५२ करोड १२ लाख १३ हजार ३०८ दशमलव २० रुपैयाँ र ५ प्रतिशतका दरले वोनस शेयर लाभांश २६ करोड ६ लाख ६ हजार ६५४ दशलमलव १० रुपैयाँका  साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ४ करोड ११ लाख ४८ हजार ४१८ दशमलव ७० रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँमा ५ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँ पुगेको छ ।

कम्पनीको ३३ वौं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदाविधी समाप्त भई ३७ वौं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरुको तर्फबाट ३ जना संचालकहरु  प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट २ जना संचालकहरु कुलदीप शरण सिंह र भवानी राणालाई संचालक समितिमा निर्विरोध निर्वाचन गरेको छ  ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् । 

सभामा अध्यक्षले समिक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपुर्ण रहेको उल्लेख गरिन् । 

कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ती श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, उर्जा र अन्य वस्तुहरुमा मूल्य वृद्धि भएको एवं देश भरमा सहकारीमा परेको समस्या, घर जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ ब्यवस्था प्रभावित भएकोमा हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भएतापनि वाह्य सूचकांकहरु सकारात्मक रहेका र आन्तरिक आर्थिक अवस्थामा केही समय पश्चात सुधार आउने अपेक्षा गरिन् । 

आव २०८०÷०८१ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क २१.९० प्रतिशतले बृद्धि भई रु२०४९.१२ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१३६८.१८ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.७९६०.१८ करोड पुगेको छ ।

यसैगरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ८३२.८२ करोड दावी भुक्तानी गरेको छ । कूल लगानी १७.३५ प्रतिशतले बृद्धि भई रु.७०१५.४६ करोड पुगेको छ । 

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८०/०८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको छ । 

कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । 

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न भई संचालनमा आइसकेको छ । 

कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयां आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अगी बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथा शक्य लगानी भैरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ संस्थालाई रु. २५ लाखको आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

Advertisment

थप समाचार