काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६.७४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २४.५९ अंकले घटेर २६२९.०८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२३ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा नौ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज दोर्दी खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पियोर इनर्जी कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment