Below Menu
Below Menu

सहकारी क्षेत्रमा एउटै निकायबाट प्रभावकारी नियमन जरुरी: अध्यक्ष मल्ल

सहकारी क्षेत्रमा एउटै निकायबाट प्रभावकारी नियमन जरुरी: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा प्रभावकारी नियमन जरुरी रहेको बताएकी छिन् । जुनसुकै उद्देश्य राखेर दर्ता भएपनि अधिकांशले बचत तथा ऋणको कारोबार गरेको बताउँदै अध्यक्ष मल्लले एउटै निकायबाट नियमन जरुरी रहेको बताईन ।

सहकारी विभागले आयोजना गरेको ‘सहकारी सम्बन्धी समसामयिक विषयमा राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघ लगायत सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अध्यक्ष मल्लले भनिन्, ‘सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि कतिपय संस्थाले वित्तीय अपचलन गर्दा त्यसको प्रभाव सबै संस्थामा परेको छ । विश्वका थुप्रै राष्ट्रले कुनैन कुनै निकायमार्फत् सहकारीको नियमन गर्ने गरेको छन् ।’

अहिले सहकारीको  ७६१ ठाउँबाट नियमन तथा अनुगमन गर्दा प्रभावकारी नभएको भन्दै अध्यक्ष मल्लले एकद्धार प्रणालीमार्फत सहकारीको नियमन गर्दा प्रभावकारी हुने धारणा राखिन् ।

त्यस्तै अध्यक्ष मल्ले वित्तीय सहकारी संस्थालाई तत्काल कर्जा सूचना केन्द्रमा जोड्न आवश्यक रहेको बताएकी छन् । सहकारीले पनि बचत संकलन र ऋण लगानी गर्ने भन्दै कर्जा सूचना केन्द्रको अभावले एउटै सदस्यले धेरै वटा संस्थाबाट ऋण लिने र समयमा चुक्ता नगर्ने अवस्था रहेको उनको भनाई छ । 
सरकार सबै संस्थामा पुग्न नसक्ने भन्दै उनले संघहरुको क्षमता विकास गरी प्रारम्भिक संस्थासम्म पुग्ने वातावरण बनाउन र आवश्यक बजेट विनियोजन गर्न समेत उनले माग गरिन् । सहकारी ऐनमा भएका व्यवस्थालाई सरकारले कार्यान्वयन गर्न नसकेको उनको टिप्पणी छ । सबैले आफ्नो कर्तव्य सम्झेर काम गरे सहकारी क्षेत्र राम्रो उनको भनाई छ ।

भारत सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले नेपालमा भने टियुले पाठ्यक्रम बनाएको भएपनि विद्यालय तहमा अध्यापन हुन नसकेको उल्लेख गरिन् । कतिपय सहकारीकर्मीले गरेको वित्तीय अपचलनले सिंगो अभियान नै लजास्पद बन्नु परेको उनको भनाई छ । बजेटमार्फत् कर्जा सूचना केन्द्र र ५ लाखसम्मको बचतको सुरक्षण गर्ने कुरा आउनु राम्रो भएको भन्दै उनले त्यसलाई कार्यान्वयनमा लैजान माग गरिन् ।

Advertisment